Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उद्धारका लागि काबुलतर्फ उडेको युक्रेनी विमान ‘हाइज्याक’

एजेन्सी – युक्रेनको एक विमानलाई ‘हाइज्याक’ गरिएको छ। अफगानिस्तानको काबुलमा मानिसहरुको उद्धारको लागि गएको विमान अपहरण गरिएको युक्रेन सरकारका मन्त्रीले मंगलबार जानकारी दिएका छन्।

समाचारमा उल्लेख गरिएअनुसार यो विमानलाई इरान लगिएको छ। मन्त्रीका अनुसार आइतबार यो विमान अपहरण गरिएको थियो। विमानलाई केही अज्ञात व्यक्तिहरुले आफ्नो नियन्त्रणमा लिएका छन्।

समाचार एजेन्सी एएनआइका अनुसार युक्रेन सरकारका सहायक विदेश मन्त्री येभ्गेनी येनिनले यो जानकारी दिएका हुन्। ‘आइतबार हाम्रो विमानलाई केही अज्ञात व्यक्तिहरुद्वारा अपहरण गरिएको छ।

मंगलबार यो विमानलाई इरान लगिएको छ। यो विमानमा अज्ञात व्यक्तिहरु छन्,’ उनले भने, ‘यतिमात्र होइन हाम्रा अन्य तीन निकासी योजना पनि सफल हुन सकेनन् किनकि हाम्रा नागरिक विमानस्थलसम्म पुग्न पाएका थिएनन्।’

एजेन्सीका अनुसार यो विमान अपहरण गर्नेहरु खतरनाक मान्छेहरु थिए। अहिलेसम्म यो विमानलाई कसले अपहरण गरेका हुन् भन्ने खुलेको छैन। युक्रेनले लगातार आफ्ना जनतालाई अफगानिस्तानबाट उद्धार गरिरहेको छ।

जानकारीअनुसार अहिलेसम्म ८३ जनालाई काबुलबाट किभ लगिएको छ। यीमध्ये ३१ जना युक्रेनी थिए। अफगानिस्तानमा अझै करिब १०० जनाभन्दा बढी युक्रेनी नागरिक छन्। उनीहरुको उद्धारको प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077