Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकी गुप्तचर निकाय (सीआइए)का प्रमुख र तालिबानका उपनेताबीच गोप्य भेटवार्ता, विश्वभर तरंग

एजेन्सी । अफगानिस्तान कब्जा गरेको तालिबान र अमेरिकालाई विश्वले प्रतिद्वन्द्वीका रुपमा व्याख्या गरिरहेको छ। अमेरिकाले अफगानिस्तानको निवर्तमान सरकारलाई समर्थन गरेका कारण तालिबानसँगको दुरी बढेको थियो।

तर, देशमा तालिबान हाबी भएपछि त्यहाँको माहोल बदलिएको छ। अन्य राष्ट्रहरुले अफगानिस्तान र तालिबानप्रति आ–आफ्नै धारणा बनाइरहेका छन्। तालिबानले अमेरिकालाई अगस्ट ३१ भित्र अफगानिस्तन छाड्न चेतावनी समेत दिइसकेको छ। यसैबीच मंगलबार बाहिरिएको एक समाचारले विश्वभर तरंग ल्याएको छ।

अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको छ। यसबारे अमेरिकी समाचार संस्था ‘द वाशिङ्गटन पोस्ट’ले जानकारी दिएको छ।

अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बन्र्स र बारादरबीच सोमबारको भेट वार्ता भएको अमेरिकी उक्त पत्रिकाले उल्लेख गरेको छ। लामो समयदेखि एकअर्काको दुश्मनका रुपमा परिचित हुँदै आएका अमेरिका र तालिबानबीच भएको यो वार्ता बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता भएको हो।

भेटमा अमेरिकी सेना फिर्ता गराउनेबारे छलफल भएको बताइएको छ। सीआईए त्यही संस्था हो जसले झन्डै ११ वर्षअघि बारादरलाई संयुक्त अमेरिकी–पाकिस्तान मिशनमा गिरफ्तार गरेर आठ वर्षसम्म जेलमा राखेको थियो। तालिबान नेता बारादारले सन् २०१८ मा रिहा भएलगत्तै अमेरिकासँग शान्ति वार्ता सुरु गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077