Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रोल्पामा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

रोल्पा । रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ। रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिए।

घरदेखि केही टाढा बाख्रा ग्वालाबाट घर फर्किने क्रममा बेलुकी ५ः३० बजेतिर चिउरीको बोटबाट निस्किएका अरिङ्गाले उनलाई टोकेको थियो।

उनलाई प्राथमिक स्वास्थ्य चौकी जङ्कोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा अस्पताल रेउघामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पुनले जानकारी दिए। उनी कक्षा ६ मा अध्यनरत थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077