Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • अफगानिस्तानले कसरी एशियालाई अशान्त बनायो ? के यसबाट चीनलाई फाइदा छ ?

    अफगानिस्तानले कसरी एशियालाई अशान्त बनायो ? के यसबाट चीनलाई फाइदा छ ?

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । अफगानिस्तानबाट आउने त्रासदीपूर्ण तस्वीरहरुलाई  विश्वमा झैं एशियाका लाखौं मानिसहरुलाई पनि स्तब्ध बनाएको छ। धेरै मानिसहरुले के अब अमेरिकामाथि विश्वास गर्न सकिन्छ भनी प्रश्न गरिरहेका छन्।

    तालिबानले काबुल कब्जा गरेको एक हप्तापछि अमेरिकी उपराष्ट्रपति कमला हैरिस आइतबार सिंगापुर पुगेकी छिन्। कमला हैरिसको एशियाको तूफानी यात्रामा सिंगापुर पहिलो स्टप थियो।



    ‘अमेरिकाको प्राथमिकतामा एशिया सबैभन्दा माथि छ’ भन्दै कमला हैरिसले यहाँको चिन्ता हटाउने प्रयास गरेकी छिन्। तर एशियामा अफगानिस्तानको स्थितिबारे चिन्तित छन् तिनीहरुको लागि यो पर्याप्त छ ? यस संकटबाट फाइदा लिने चीनको प्रयासलाई अमेरिकाले रोक्न सक्ला ? यसलाई अमेरिका विरोधी प्रचारको लागि सुनौलो अवसरका रुपमा व्याख्या गरिएको छ।



    सोमबार सिंगापुरका प्रधानमन्त्री ली सेन लुङले यस क्षेत्रका धेरै मानिसहरु अफगानिस्तानको पतनको बिषयमा अमेरिकाले आफ्नो धारणा कसरी परिवर्तन गर्दैछ भनेर हेरिरहेको चेतावनी दिएका छन्।

    एसियाका दुई सबैभन्दा शक्तिशाली क्षेत्रीय सहयोगीहरु दक्षिण कोरिया र जापान अफगानिस्तानको विषयमा हाल पनि अमेरिकामाथि विश्वास गरिरहेका छन्। तर केहि क्षेत्रहरुबाट चिन्ताजनक असहमतिहरु पनि सुनिन थालेको छ।

    चीन सावधानीपूर्वक कदम अघि बढाइरहेको छ

    अफगानिस्तानमा बदलिएको स्थितिका कारण चीन पूर्णरूपमा फाइदामा छ भन्ने हैन। जर्मन मार्शल कोषका एशिया मामिलाका विशेषज्ञ बोनी ग्लेसरका अनुसार अफगानिस्तानमा भर्खरै आएको परिवर्तनलाई चीनले नाफाको सट्टा जोखिमपूर्ण अवस्थाको रुपमा हेरिरहेको छ।

    ‘अफगानिस्तानको अस्थिरताले यसलाई उग्रवादीहरुको आश्रयस्थल बनाउन सक्नेमा चिनियाँहरु चिन्तित छन्,’ उनी भन्छिन्।

    चीनले मौकाको फाइदा उठाउँदै गत महिना तालिबानलाई वार्ताका लागि बोलायो। अफगानिस्तानलाई आर्थिक सहयोग प्रदान गर्ने र अफगानिस्तानलाई चरमपन्थीहरुको आश्रयस्थलको रुपमा प्रयोग गर्न नदिन जोड पनि दियो।

    यस खेलमा चीनको धेरै कुराहरु जोखिममा परेका छन्। उसका कम्पनीहरुसँग अफगानिस्तानमा करोडौं डलरको तेल र तामा खानीको ठेक्का छ। तर घरेलु मोर्चामा चीनले तालिबानसँगको गठबन्धनको सम्बन्धमा समस्याहरुको सामना गरिरहेको छ। चिनियाँ जनताको एक हिस्सा तालिबानसँग असहज छ।

    गत हप्ता जब तालिबानले काबुल नियन्त्रणमा लिएको थियो, चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले उनको देशले अफगान जनताको इच्छाको सम्मान गर्ने बताएका थिए।

    हुआ चुनयिङको यो कथनका कारण चीनको सामाजिक सञ्जालमा आम मानिसले साँठगाँठको आरोप लगाएका थिए। एक समय जब चीनमा महिला अधिकारको बारेमा जागरूकता अभियानहरु चलिरहेको छ, इन्टरनेटमा मानिसहरु तालिबान महिलाहरुको व्यवहारको आलोचना गरिरहेका छन्।

    चीन आफ्नो ढोकामा इस्लामी चरमपन्थी समूहहरुको सामना गरिरहेको तथ्य पनि बाहिर आएको छ। चीनमाथि चरमपन्थीसँगको लडाईको नाममा मुस्लिम अल्पसंख्यकहरुलाई क्रुरतापूर्वक दमन गरेको आरोप छ।

    प्रोफेसर इयान चोङ्ग भन्छन्, ‘चीनमा धार्मिक समूहहरुको बारेमा एक प्रकारको चिन्ता थियो, तर तालिबानसँग यो गठबन्धन समस्याको कारण बन्न सक्छ किनकि यो विरोधाभासी छ।’

    ‘चीन जे गरिरहेको छ त्यो वर्तमान स्थितिको कुनैपनि तरिकाबाट फाइदा लिने प्रयास हो। तर स्थितिले कस्तो मोड लिन्छ, समयले मात्र बताउनेछ। अफगानिस्तान कता जाँदैछ भन्ने कुरा हामीलाई अहिले थाहा छैन,’ उनले भने। बिबिसी हिन्दीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार