Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • अफगानिस्तानको विषयमा चीन र रुसबीच वार्ता, तालिबानबारे सि जिनपिङ र पुटिनले के भने ?

    अफगानिस्तानको विषयमा चीन र रुसबीच वार्ता, तालिबानबारे सि जिनपिङ र पुटिनले के भने ?

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 3K
    SHARES

    एजेन्सी। चिनियाँ राष्ट्रपति सि जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका छन्। रिपोर्टका अनुसार दुई नेताले अफगानिस्तानको वर्तमान स्थितिबारे छलफल गरेका हुन्।

    चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सिले आफ्नो देशले अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने बताएका छन्। त्यस्तै उनले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अपनाइरहेको पनि जानकारी गराएका छन्।



    यद्यपी राष्ट्रपति सिले अन्तर्राष्ट्रिय र क्षेत्रीय स्थिति जटिल र निरन्तर परिवर्तनशील भइरहेकामा दुबै देश सहमत रहेको बताए। दुई देशका नेताले आफूहरु निरन्तर वार्तामा जुट्ने सहमति पनि गरेका छन्।



    अफगानिस्तानमा पश्चिमी देशहरुको भूमिका के हुनेछ र यसपछि दुई देशहरुबीच के कुराकानी भयो भन्नेबारे जानकारी दिइएको छैन। सिले सबै दलहरुबीच राजनीतिक संवादको महत्वलाई जोड दिए।

    चीनको सरकारी सञ्चालित ग्लोबल टाइम्सले यसअघि अफगानिस्तानमा हुने घटनाले चीनको सिमानामा रहेको शिनजियाङ क्षेत्रमा नकरात्मक असर परेमा तालिबानप्रति चीनको दृष्टिकोण बदलिन सक्ने उल्लेख गरेको थियो। चीनको विदेश मन्त्रालयले तालिबानसँगग वार्ता जारी राख्न जोड दिएको छ।

    पछिल्ला दिनहरुमा चिनियाँ मिडियाहरुले अफगानिस्तानबाट अमेरिकाको फिर्ताबारे प्रश्न उठाइरहेका छन्। चीनको सरकारी सञ्चारमाध्यमले परराष्ट्र मन्त्रालयका अधिकारीहरुको हालैको टिप्पणीलाई विशेष प्राथमिकता दिएका छन्। त्यसमा, चिनियाँ अधिकारीहरूले अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्न हतार गरेका कारण अशान्ती र अराजकताको माहोल बनेको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार