Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

एमबाप्पेलाई बेच्न पिएसजीले राख्यो यस्तो सर्त

एजेन्सी । पेरिस सेन्ट जर्मन(पिएसजी) का फरवार्ड किलियन एमबाप्पेको ट्रान्सफर चर्चा उत्कर्षमा छ। उनी स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा चलिरहेको छ।

रियलले एमबाप्पेका लागि १६ करोड युरो प्रस्ताव गरेको थियो। तर पिएसजीले उक्त प्रस्ताव स्वीकार गरेको छैन। पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले १६ करोड युरोमा खेलाडी बेच्न नसकिने बताएका छन्।

एमबाप्पे किन्न चाहनेले २२ करोड युरोप तिर्नुपर्ने उनले जानकारी दिए। लियोनार्दोका अनुसार चार वर्षअघि मोनाकोबाट एमबाप्पेलाई पिएसजीले आबद्ध गराउँदा १६ करोडभन्दा धेरै खर्चने प्रतिवद्धता जनाएको थियो।

पिएसजीले १४ करोड ५० लाख युरो स्थानान्तरणका लागि तिरेको थियो। त्यसैगरी, एमबाप्पेलाई बेच्ने वा नवीकरण गर्ने अवस्थामा उसले ३ करोड ५० लाख तिर्ने जनाएको थियो। यस रकमलाई असुली गर्नका लागि पिएसजीले कम्तिमा एमबाप्पेलाई २२ करोडमा बेच्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077