Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले उपाध्यक्ष वामदेव गौतमले राजिनामाको घोषणा गर्दै भने- बैठकमा जान्न, ओलीलाई नेता मान्न सक्दिनँ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता वामदेव गौतमले केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

त्यसो त गौतमले अध्यक्ष केपी शर्मा ओली र आफ्नो विचार नमिलेपछि राजिनामा दिन लागेका बताए । एमालेबाट राजीनामा दिने घोषणा गरे पनि माधव नेपालको पार्टीमा लाग्ने, नलाग्नेबारे गौतम खुलिसकेका छैनन् । अब आफ्नै ढङ्गले अघि बढ्ने गौतमको भनाइ छ।

यस्तै, एमाले नेता गौतमले बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको एमाले केन्द्रीय बैठकमा समेत आफ्नो सहभागिता नहुने बताएका छन्।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आजको  बैठकका लागि १० बुँदे प्रस्ताव कार्यान्वयनसम्बधी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टीको सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077