Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अस्ताए जनगायक जेबी टुहुरे, अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पेरिडाँडामा राखियो

    अस्ताए जनगायक जेबी टुहुरे, अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पेरिडाँडामा राखियो

    अनलाइन नेपाल
  • बिहिबार, १० भाद्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । जनगायक जेबी टुहुरेको ७८ वर्षको उमेरमा विहीबार निधन भएको छ।

    उनलाई गत भदौं १ गते पक्षघात भएपछि कलंकीस्थित घरबाट बयोधा अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्दा उनको मस्तिस्कमा रगत जमेर हातखुट्टा चल्न छोडेको अस्पतालले जनाएको छ।



    उच्च रक्तचाप, मदुमेहलगायतका दीर्घरोगबाट पीडित भएका कारण उनको शल्यक्रिया हुन नसकेको अस्पतालको भनाइ छ । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिडाँडामा राखिएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने बताइएको छ।



    कम्युनिष्ट आन्दोलनलाई गीतको माध्यमद्वारा अगाडि बढाउने सर्जक भनेर चिनिने उनकाे जन्म वि.सं. २००१ कात्तिक १५ गते धरानमा भएकाे थियाे ।

    पिता कृष्णबहादुर खड्गी, माता दानदेवी खड्गीका जेठो छोराको रूपमा जन्मिएका उनकाे वास्तविक नाम जुटबहादुर खड्गी हो ।  २०२१ सालमा उनका पिताको निधन भएपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोड्न थालेका थिए।

    उनका ‘वीर छोराछोरी हो’, ‘आमा दिदी बहिनी’ लगायतका थुप्रै गीतहरुले क्रान्तिकारी सन्देश दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार