Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'ओलीले मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएपछि नेकपा एकीकृत समाजवादी जन्मियो'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार र एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएपछि नयाँ पार्टीको जन्म भएको बताएका छन्।

बिहीबार नयाँ पार्टी दर्ता गरेपछिको पहिलो पटक गरिएको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएपछि बाध्यताबस नयाँ पार्टी गठन गरेको बताएका हुन् ।

‘पार्टी शिथिल मात्रै होइन, मृत प्रायः भयो, नेपालले भने, 'यो सबै अवस्था देखेपछि हामीले नयाँ ढंगले अघि जाने संकल्प गरेका हौं।'

यस्तै, नेपालले आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको भन्दै ओलीबाट पीडित भएकाहरु आफ्नो पार्टीमा आउने दावी गर्दै भने,'ओलीबाट पीडित भएका हिमाल, पहाड र तराईका कार्यकर्ता समाजवादीमा समाहित भएका छन्।'

यस्तै, अध्यक्ष नेपालले आफूहरु छिट्टै सरकारमा सहभागी हुने बताए। नेपालले भने,’अब पाँच दलीय गटबन्धनलाई अगाडि लैजान चाहन्छौं, सरकारमा सहभागी हुन्छौं ।'

यसअघि आफूहरु सत्तारुढ गठबन्धनमा भए पनि हिजोका दिनमा एमाले भित्र रहेको भन्दै त्यतिबेला सरकारमा जान अप्ठ्यारो रहेको बताउदै आगामी दिनहरुमा सहज बातावरणको सिर्जना भएको उनको भनाइ थियो।

राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशबमोजिम नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी)ले बुधबार निर्वाचन आयोगबाट मान्यता पाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077