Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सम्पूर्ण भारतीयलाई लज्जित बनाउने घटना, सांसदलाई बलात्कारको आरोप लगाएकी महिलाले गरिन् आत्मदाह

    सम्पूर्ण भारतीयलाई लज्जित बनाउने घटना, सांसदलाई बलात्कारको आरोप लगाएकी महिलाले गरिन् आत्मदाह

    अनलाइन नेपाल
  • बिहिबार, १० भाद्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । एकजना सांसदलाई बलात्कारको आरोप लगाएको कारण प्रहरी र न्यायपालिकाले हैरान बनाएको बताउँदै गत साता आफ्नो शरीरमा आगो लगाएकी एक २४ वर्षे महिलाको मृत्युले भारतमा महिलालाई हुने अपमानजनक व्यवहारलाई फेरि एक पटक चर्चामा ल्याएको छ।

    अगस्ट १६ मा सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रसारण गर्दै ती महिला र उनका एक पुरुष साथीले आफैँलाई आगो लगाएका थिए। गम्भीर घाउका साथ अस्पताल पुर्‍याइएकोमा पुरुषको शनिवार र महिलाको मङ्गलवार साँझ मृत्यु भएको थियो।



    उत्तर प्रदेशबाट राजधानी दिल्ली आएको जोडीले सर्वोच्च अदालतबाहिर आफ्नो दुःखप्रति ध्यानाकृष्ट गर्न खोजेको कार्यले भारतलाई स्तब्ध तुल्याएको छ।



    ती महिलाले बहुजन समाज दलका लोकसभा सांसद अतुल राईले वाराणसीस्थित निवासमा बलात्कार गरेको आरोप लगाउँदै सन् २०१९ को मेमा प्रहरीमा जाहेरी दिएकी थिइन्। आरोप अस्वीकार गरेका राईलाई एक महिनापछि गिरफ्तार गरिएको थियो। त्यसयता उनी हिरासतमा छन् ।

    गत नोभेम्बरमा राईका भाइले ती महिलालाई धोकाधडीको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए । ती महिलाले उक्त आरोप गलत भएको बताए पनि गत महिना एउटा अदालतले उनीविरुद्ध धरौटीमा छोड्न नमिल्नेगरी हिरासतमा लिन आदेश दिएको थियो ।

    फेसबुकको लाइभ भिडिओमा ती महिलाले आफूलाई दुःख दिन ती सांसदले आफ्नो प्रभाव प्रयोग गरिरहेको आरोप लगाएकी छन्।

    उनी र उनका साथीले केही प्रहरी अधिकारी र एक न्यायाधीशलाई सांसद राईसँग मिलेर दुःख दिएको आरोप लगाएका छन्।

    ‘हामीले उनीहरूले चाहेको गन्तव्यमा पुगेका छौँ। उनीहरूले गएको डेढ वर्ष हामीलाई यो अवस्थामा ल्याउने प्रयास गरे,’ उनले आत्मदाह गर्नुअघि भनेकी थिइन्।

    ‘सन् २०२० को नोभेम्बरदेखि अधिकारीहरूले हामीलाई मर्न दबाव दिइरहेका थिए। हामी उत्तर प्रदेश र यो देशका सबै नागरिकलाई यो सुनाउन चाहन्छौँ,’ उनका साथीले भनेका थिए।

    ‘हामीले चाल्न गएको पाइला दुःखद र डरलाग्दो छ। हामी पनि केही डराएका छौँ तर यो डर अर्थहीन छ,’ आफूलाई आगो लगाउनुभन्दा केही मिनेटअघि उनले भनेका थिए। गत वर्ष एक १९ वर्षे किशोरीको सामूहिक बलात्कार र हत्याको घटनामा अधिकारीहरूको आलोचना भएको थियो

    राज्यका अधिकारीहरूले दुई प्रहरी अधिकृतलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको बताएका छन्। उनीहरूको भिडिओ हेर्नु सहज छैन र समयसमयमा उनीहरू बोल्न नसक्ने हुन्छन्। उनीहरूको अवस्था हृदयविदारक देखिन्छ। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार