Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दार्चुला तुइन घटना प्रकरण : बेपत्ता धामीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं । भारतीय सुरक्षा बल (एसएसबी)ले महाकाली नदीमा रहेको तुइनको डोरी काटिदिएपछि उक्त नदीमा खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

बिहिबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा एसएसबीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए । उनी अझै फेला परेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077