Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काबुल विमानस्थलबाहिर ठूलो विस्फोट, ११ जनाको मृत्यु

एजेन्सी – अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् अझै हजारौंको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ।

विस्फोटमा परी ११ जनाको मत्यु भएको छ। तालिबानका एक अधिकारीले बिहीबार साँझ भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन्। ती अधिकारीका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेको बताएको छ। त्यस्तै त्यहाँ तालिबान लडाकुहरुसहित धेरै मानिसहरु घाइते भएका छन्।

अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौं मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिबान समूहले चेतावनी दिएको बताइएको छ।

विमानस्थलमा एशियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका हुनसक्ने अनुमान गरिएको छ। पेन्टागनका प्रवक्ता जोन कर्बीले भने, ‘काबुल विमानस्थल बाहिर ठूलो विस्फोट भएको छ। यतिबेला विस्फोटबाट भएको हताहतबारे स्पष्ट जानकारी प्राप्त भएको छैन। थप विवरण प्राप्त हुनासाथ दिइनेछ।’

आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन्।

बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077