Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जुवा खेल्ने र खेलाउनेसहित ११ जना पक्राउ, लाखौं रुपैयाँ बरामद

ललितपुर – प्रहरीले जुवा खेल्ने र खेलाउनेसहित ११ जनालाई लाखौं रुपैयाँसहित पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका ३ महर्जन चोकस्थित सुनिल महर्जनको घरमा जुवा खेलिरहेकाहरूलाई बिहीबार साँझ पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा महालक्ष्मीका अनिल महर्जन, मनोज दाहाल, केदार नेपाल, दिनेश केसी, भक्तपुर दधिकोट बस्ने आनन्द लामा, ललितपुर ९ का विजय जिम्बा, निरोज तामाङ, राजकुमार श्रेष्ठ, सन्तोष केसी, सरोज जिम्बा, अमित केसी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट २ लाख ३८ हजार रूपैयाँ नगद बरामद गरिएको छ। उनीहरुमाथि कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077