Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • काबुल बम विस्फोट : मर्नेको संख्या ६० पुग्यो, बदला लिने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

    काबुल बम विस्फोट : मर्नेको संख्या ६० पुग्यो, बदला लिने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, ११ भाद्र २०७८
  • 1.8K
    SHARES

    एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा भएको बव विस्फोटमा मर्नेहरुको संख्या ६० पुगेको छ। काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको हो।

    बीबीसीका अनुसार विस्फोटमा परी अन्य १ सय ४० भन्दा बढी मानिसहरु घाइते भएका छन्। पेन्टागनले मारिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि गरेको छ। विस्फोटमा ११ अमेरिकी मरिन र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन्।



    सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो हमला हो। सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृत्यु भएको थियो।



    पश्चिमा सरकारले विमानस्थलमा इस्लामिक स्टेटको अफगानिस्तान ब्रान्च आईएस–केले हमला गर्न सक्ने चेतावनी आफ्ना नागरिक जारी गरेको केही घण्टापछि नै विमानस्थलमा विस्फोट भएको थियो। स्थानीय समयअनुसार साँझमा विमानस्थलको एबे गेटमा पहिलो विस्फोट भएको थियो। त्यसलगत्तै गोलीबारी शुरु भएको थियो।

    त्यसको केही समयपछि नै दोस्रो विस्फोट भएको थियो। विमानस्थल नजिक रहेको बारोन होटलमा अर्को विस्फोट भएको हो। उक्त होटल बेलायती अधिकारीहरुले बेलायत जान चाहने अफगानीहरुको कागजी प्रक्रियाका लागि प्रयोग गरिरहेका थिए।

    यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल घटनाका दोषीमाथि बदला लिने चेतावनी दिएका छन्। ‘हामी माफी दिने छैनौ। हामी बिर्सने छैनौँ। हामी तिमीहरुलाई खोजेर यसको मूल्य चुकाउन लगाउने छौँ,’ उनले भने। राष्ट्रपति बाइडेनले आतंकवादी हमलाबाट अमेरिका विचलित नहुने र उद्धारको कामलाई जारी राख्ने पनि जानकारी दिएका छन्। अन्तर्राष्ट्रिय समुदायले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार