Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

एमबाप्पे भित्र्याउन रियलको नयाँ प्रस्ताव, पैसा पनि बढायो

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले पेरिस सेन्ट जर्मनका फरवार्ड किलियन एमबाप्पेलाई क्लबमा आबद्ध गराउन नयाँ प्रस्ताव पेस गरेको छ। समाचारमा उल्लेख गरिएअनुसार रियलले २० करोड डलर र थप १.२ करोड एडअनको अफर प्रस्तुत गरेको छ।

यसअघि रियलले १८.८ करोड डलरको अफर पीएसजीसामु गरेको थियो। तर, त्यसलाई क्लबले अस्वीकार गरेको थियो। रियलले नायँ प्रस्ताव गरेपछि पिएसजीले यसबारे छलफल गर्ने भएको छ। पिएसजीमा एमबाप्पेको सम्झौता सकिएको छैन। तर, उनी आफैं पनि क्लब छाड्न इच्छुक भएका हुन्। एमबाप्पेले क्लबसँगको सम्झौता नवीकरण पनि गरेका छैनन्।

पिएसजीका निर्देशक लियोनार्दोले पनि एम्बाप्पेले क्लब छाडेर जान चाहेको स्वीकार गरेका छन्। पीएसजीले एम्बाप्पेका लागि २५.९ करोड डलर माग गरेको छ। रियलले भने त्यति धेरै रकम नतिर्ने स्पष्ट पारेको छ। पीएसजीका हेड कोच माउरिसियो पोचेटिन्होले पनि एम्बाप्पेले क्लब छाड्ने बताइसकेका छन्।

लियोनल मेसी पिएसजीमा आबद्ध हुने भएपछि नेयमार, एमबाप्पे र मेसीको ट्रिओ उत्कृष्ट हुने अपेक्षा गरिएको छ। तर मेसी आएपछि एमबाप्पेले नयाँ गन्तव्यको खोजी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077