Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा पक्राउ परेका मोहम्मद आलमको मुद्दामा सुनुवाइ हुँदै

    इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा पक्राउ परेका मोहम्मद आलमको मुद्दामा सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ११ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा थुनाभित्र रहेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाइ हुने भएको छ।

    न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।



    आलमलाई जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।



    आलमको सोही निवेदनमाथि सुनुवाईका लागि पेसी तोकिएको हो । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

    यसअघि गत साउन २९ गते आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको थियो।

    रौतहत जिल्ला अदालतको थुनामा रहेका आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । उक्त निवेदनमा आलमलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ । जिल्ला, उच्च अदालत हुँदै उक्त मुद्दा सर्वोच्च आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार