Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीमा १,०९५ जनालाई रोजगारीको अवसर, परिचरदेखि इन्सपेक्टरसम्म भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा परिचरदेखि इन्सपेक्टरसम्म नयाँ भर्ना खुलेको छ ।

बिहीबार गोरखापत्रमा एक सूचना जारी गर्दै सशस्त्रको भर्ना तथा छनौट शाखा हलचोक स्वयंम्बुले परिचरदेखि इन्सपेक्टरसम्मका लागि खुला प्रतिस्पर्धाबाट भर्नाका लागि आह्वान गरेको छ।

नयाँ भर्ना अन्तर्गत सशस्त्र प्रहरी जवान, सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)का लागि पनि दरखास्त आह्वान गरिएको छ।

खुला र समावेशी गरी जवानमा ७५५ जना, असईमा १३७ जना र इन्सपेक्टरमा ७५ जना माग गरिएको छ।

त्यसैगरी परिचरतर्फ भान्छे, केश कर्तक, कुचिकार, सुचिकार, चर्मकमी र मालीमा भर्नाका लागि दरखास्त खुल्ला गरिएको छ। परिचरतर्फ जम्मा १२८ जना माग गरिएको छ । भर्ना हुन चाहने योग्यता पुगेका नेपाली नागरिकहरुले आगामी असोज १० गतेसम्म दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077