Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सिरहाबाट लागूऔषध र नागरिकतासम्बन्धी मुद्धाका दुई फरार अभियुक्त पक्राउ

रामनारायण यादव / सिरहा । सिरहा प्रहरीले लागूऔषध मुद्दा र नागरिकतासम्बन्धी मुद्दाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका वडा नम्वर २ का २१ वर्षीय बिष्णुदेव दास र सिरहाकै धनगढीमाई नगरपालिका वडा नम्वर ५ का ४९ वर्षीय राम प्रसाद महरा रहेका छन् ।

दासलाई लागूऔषध मुद्दामा जिल्ला अदालत सिरहाले २०७६ असार ३० गते ५ वर्ष कैद र ३ लाख १ हजार ९ सय २५ रुपैयाँ फैसला सुनाएको थियो भने महरालाई २०७० फागुन १२ गते नागरिकता सम्बन्धी मुद्दामा ९ महिना कैद सजाय सुनाएको थियो ।

गाउँघरमै लुकीछिपी बसेको अवस्थामा दुबै जनालाई बिहीबार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिरहामा पठाइएको सिरहाका प्रहरी प्रवक्ता सुवाश बुढाथोकिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077