Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काबुलमा भएको बम विस्फोटबारे बाराक ओबामाले दिए यस्तो प्रतिक्रिया

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले काबुल विमानस्थलमा भएको आक्रमण दुःखद भएको बताएका छन्।

अफगानिस्तानमा अमेरिकी मिशनको शुरुवात पूर्व राष्ट्रपति जोस बुशको कार्यकालमा शुरू भएको थियो। ओबामाले पनि राष्ट्रपति हुँदा त्यहाँ हजारौं सैनिकहरु पठाएका थिए।

ओबामाले अमेरिकी सैनिकहरुको प्रशंसा पनि गरेका छन्। उनले ‘अमेरिकी सैनिकहरु नायक हुन् जो कठिन समयमा जीवन बचाउने मिशनमा छन्’ भनेका हुन्।

ओबामाले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘एक राष्ट्रपतिको रूपमा यस देशको सेवाका लागी आफ्नो ज्यान दिनेहरुबारे सुन्दा दुःख लाग्छ। अमेरिकी जनताहरुसँगै शोकाकुल भएको छु।’

‘म अफगानिस्तान र अमेरिकी जनताको बारेमा सोचिरहेको छु जसले आफ्नो परिवार गुमाएका छन्’, उनले भने, ‘यसक्रममा धेरै अमेरिकाको साथमा उभिए र एक राम्रो जीवनको आशामा सबै कुरा जोखिममा पार्न तयार भए।’

उनले आफ्ना प्रियजन गुमाउने अमेरिकी र अफगान परिवारहरुका साथमा आफू रहेको पनि बताएका छन्। अमेरिकी रक्षाको तथ्याङ्क अनुसार, २००१ मा संघर्ष शुरू भएयता अफगानिस्तानमा २,४०० भन्दा बढी सैनिक मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077