Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मौलाकालिका मन्दिरलाई कुरुप बनाउँदै चन्द्र ढकाल, मनपरी सालका रूख काटेर स्थानीय जातको रूख रोपिँदै

    मौलाकालिका मन्दिरलाई कुरुप बनाउँदै चन्द्र ढकाल, मनपरी सालका रूख काटेर स्थानीय जातको रूख रोपिँदै

    अनलाइन नेपाल
  • शनिबार, १२ भाद्र २०७८
  • 2.3K
    SHARES

    चितवन।  शक्तिकेन्द्रको आडमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं व्यवसायी चन्द्र ढकालको कम्पनीले मौलाकालिका मन्दिरमा केबुलकार निर्माण गर्नका लागि सालका रुख काट्ने अनुमति पाएको छ।

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका जाने केबुलकार निर्माणको अनुमतिसँगै ढकालको कम्पनीलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मन्त्रीपरिषद्ले त्यहाँ रहेका रुख काट्ने अनुमति दिएको खुलेको छ । राज्य सत्ताको चरम दुरुपयोग गर्दै अनुमति पाएपछि ढकालको  मौलाकालिका केबुलकार प्रालिले त्यस क्षेत्रका ५९ रोपनीमा फैलिएको रुख काटेको छ ।



    जहाँ ८२० वटा साल तथा २१८ वटा अन्य जातका रुख सहित एक हजार ३८ वटा रुख काटिएको छ । कम्पनीले इआइए (वातावरणीय प्रभाव मूल्यांकन ) प्रतिवेदनलाई लत्याउँदै रुख काटेको खुलेको छ। ओली सरकारले इआइए प्रतिवेदन बिपरित कम्पनीलाई केबुलकार सञ्चालनका लागि रुख काट्ने अनुमति दिएको थियो ।



    ढकालको कम्पनीले केबुलकार सञ्चालनका लागि  धार्मिक वन र सामुदायिक वनको  गरी ८०० बढी साल सहित एक हजार ३८ वटा ठूला रुख काटेको र सट्टाभर्ना स्वरुप स्थानीय जातको रुख रोपेर उम्किन खोजिरहेको छ ।

    गैँडाकोटमा हुर्किएका ठूला सालका रुख काटेको ढकालको कम्पनीले हालको बौदिकाली–१ मा ५९ रोपनी क्षेत्रमा स्थानीय जातको खयर, बकाइनो लगायतका रुखहरु रोपेपेर पुग्ने भएको छ ।

    कम्पनीले रुख रोपेर पाँच वर्षसम्म हुर्काएर सरकारलाई हस्तान्तरण गर्नुपर्नेगरी सम्झौता भएको डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत मोहनराज काफ्लेले बताए । केबुलकार निर्माणका लागि रुख कटान भएको क्षेत्र सामुदायिक वन र धार्मिक वनको भएका कारण त्यहाँको काठहरु वन समितिले नै प्रयोग गर्ने काफ्लेको भनाइ छ । ढकालको कम्पनीले काटेको एक रुख बराबर १० रुख रोप्नुपर्ने गरी सम्झौता भएको काफ्लेले बताए । यद्यपि ५९ हेक्टरको रुख काटेर ५९ हेक्टरमा नै रुख रोप्दा १ः१० को अनुपात सम्भव नै नहुने संरक्षणकर्मीहरु बताउँछन् ।

    वन क्षेत्र घट्न नदिन सोही क्षेत्रफलको अनुपातमा वृक्षरोपण गर्नुपर्ने काफ्लेको भनाइ छ । वन क्षेत्र फँडानी गरेर निजी कम्पनीको स्वार्थका लागि केबुलकार सञ्चालन गर्न दिन नहुने भन्दै संरक्षणकर्मीहरुले विरोध जनाए पनि कम्पनीले काम अगाडि बढाइरहेको छ । ढकालको कम्पनीले स्थानीयलाई समेत साझेदार बनाउने भन्दै फकाएर उनीहरुको समर्थनमा रुख कटान गरेर आफ्नो काम अगाडि बढाइसकेको छ ।

    यसअघि ढकालले राज्यका नियम कानूनको धोती लगाउँदै चन्दागिरीमा अवैधानिक रुपमा रिसोर्टको संरचना खडा गरेका थिए । चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष समेत रहेका ढकालले इआइए प्रतिवेदन बर्खिलाप गर्दै रिसोर्टको संरचना निर्माण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार