Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चन्द्र ढकालले पाथीभरामा बनाउन लागेको केबलकार रोक्न ध्यानाकर्षण

    चन्द्र ढकालले पाथीभरामा बनाउन लागेको केबलकार रोक्न ध्यानाकर्षण

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 447
    SHARES

    काठमाडौं । ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार परियोजनाका लागि सशस्त्र क्याम्प राख्न लागिएको भन्दै स्थानीयबासी र पहिचान पक्षधरले विरोध जनाएका छन् ।

    गृहमन्त्रालयमा पहिचान पक्षधरहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर पाथीभरामा केबलकार नबनाउन र सशस्त्र क्याम्प नराख्न आग्रह गरेका हुन् ।



    केबलकार बनाउने तयारीमा लागेका व्यवसायी चन्द्र ढकालको स्वार्थ पूरा गर्नका लागि त्यहाँ सशस्त्र क्याम्प राख्न लागिएको भन्दै स्थानीयबासीहरुले विरोध जनाउँदै आएका छन्।



    पहिचान पक्षधरहरुले व्यवसायी ढकालका लागि सशस्त्र प्रहरीको क्याम्प राखिएमा द्वन्द्व हुनसक्ने गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन्।

    जवाफमा गृहमन्त्री लामिछानेले देशको प्रहरी संयन्त्र कुनै एक जना व्यापारी वा व्यक्तिको पक्षमा परिचालित नहुने बताए। उनले आफू मातहतको नेपाल प्रहरी र सशस्त्र प्रहरी कुनै व्यक्तिको पक्षमा परिचालित नहुने र आम जनताको पक्षमा मात्र परिचालित हुने बताए।

    कोशी प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधर नेताहरुले गृहमन्त्री लामिछानेलाई आफ्नो ३ बुँदे माग प्रस्तुत गरेका थिए । उनीहरुले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकारको योजना अघि नबढाउन माग गरे ।

    पाथीभराको फेदीमा सरकारले सशस्त्र प्रहरीको क्याम्प राख्न लागेकोमा समेत पहिचानवादीले विरोध जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार