Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ड्रोन आक्रमणसँगै काबुल विमानस्थलबाट अमेरिकी सैनिकहरु घट्न थाले , अगस्त ३१ सम्म अन्तिम म्याद

एजेन्सी। शनिबार आयोजित पत्रकार सम्मेलनमा पेन्टागनका प्रवक्ता जोन कर्बीले  काबुल विमानस्थलबाट अमेरिकी सैनिकहरु घट्न थालेको उल्लेख गरे ।

एउटा प्रश्नको जवाफमा उनले भने, 'हो, हामी सार्दैछौं।' यद्यपि उनले सैनिकहरुको संख्याबारे कुनै जानकारी दिएनन्।

उनले  अमेरिका दिइएको समय सीमा भित्र अफगानिस्तान बाट बाहिर निस्कनका लागि कोशिश गरिरहेको वताए छ । तर, उसले अफगान जनतालाई त्यहाँबाट अन्तिम क्षण सम्म बाहिर निकाल्ने सक्दो प्रयास गर्नेछ।

पत्रकार सम्मेलनमा अमेरिकी सेनाका मेजर जनरल विलियम टेलरले  शुक्रवार अफगानिस्तानमा एक ड्रोन हमलामा दुई आईएसआईएस-केका षड्यन्त्रकारी मारिएको र उनका एक सहयोगी घाइते भएको  जानकारी पनि दिए ।

बिहीबार भएको आक्रमणपछि केही अफगानहरु अमेरिकी बन्दुकको गोलीबाट मारिएका थिए कि भनेर पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा पेन्टागनका  अधिकारीले जवाफ दिए पनि पुष्टि गर्न सकेनन्।

पेन्टागनका प्रवक्ता जोन कर्बीले भने, 'तर हामी यसलाई पूर्ण रुपमा खारेज गर्ने स्थितिमा छैनौं।'

यसअघि तालिबानका प्रवक्ता बिलाल करीमीले ट्वीट  गर्दै तालिबान लडाकूहरु काबुल विमानस्थलका केही भागहरुमा प्रवेश गर्ने वताएका थिए । शनिबार तालिबान लडाकुहरु विमानस्थल परिसरमा बनेका भवनहरुमा देखिएका थिए।

अमेरिकी अधिकारीहरुका अनुसार मानिसहरुलाई निकाल्ने प्रक्रियामा थप हमला हुने अनुमान गरिएको छ।

अफगानिस्तानबाट पश्चिमी सेना फिर्ता लिने अन्तिम म्याद अगस्त ३१ मा सकिनेछ।

समाचार एजेन्सी एएफपीका अनुसार काबुल विमानस्थलमा शनिबार पाँच हजारभन्दा बढी मानिसहरु देशबाट बाहिर निस्कने पर्खाइमा थिए।

यसैबीच, तालिबान लडाकूहरूले विमानस्थल जाने बाटो बन्द गरेका छन् र वैध दस्तावेज भएका मानिसहरुलाई मात्र भित्र जान दिएका छन्।

यसअघि राष्ट्रपति अमेरिकी जो बिडेनकी प्रवक्ता जेन साकीले अमेरिकी सुरक्षा अधिकारीहरुलाई  आगामी दिनहरु 'सबैभन्दा कठिन दिन' हुन सक्ने वताएकी थिइन ।-बिबिसी हिन्दीसँगको सहयोगमा

https://twitter.com/DeptofDefense/status/1431633698504552457?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1431633698504552457%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fhindi%2Flive%2Findia-58362733

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077