Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जब पहाडमा फसेका गाईहरूको हेलिकप्टरमार्फत् उद्धार गरियो (भिडियो)

एजेन्सी । हामीले घाइते भएर अप्ठ्यारा ठाउँहरुमा फसेका मानिसहरुलाई हेलिकप्टरमार्फत् उद्धार गरिएको खबर त सुन्दै अनि देख्द्दै आएका छौं । तर, यसपटक भने युरोपेली देश स्वीट्जरल्यान्डले पहाडी क्षेत्रमा घाइते भएर फसेका गाईहरूको हेलिकप्टरबाट उद्धार गरेको खबर प्राप्त भएको छ ।

अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाईहरु घाइते भएपछि शुक्रबार हेलिकप्टरबाट उद्धार गरिएको हो ।

चर्न गएका गाईहरुमध्ये घाइते भएपछि हिँडेर तल झर्न नसक्ने अवस्थामा रहेका १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्‍याइएको भिडियोमा देख्न सकिन्छ।

हेर्नुहोस् भिडियो :

https://twitter.com/Reuters/status/1431789950643564544

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077