Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सडक मर्मतको माग गर्दै युवाहरुद्वारा टायर बालेर प्रदर्शन

रामनारायण यादव / जनकपुरधाम । जीर्ण सडक मर्मत नगर्दा आगमनमा समस्या भएको भन्दै स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।

आइतबार विहानदेखि जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत जनकपुरधाम १ स्थित पुलचोकमा स्थानीय युवाहरुले सडक अवरुद्ध गरेका हुन् । स्थानीयले टायर बालेर र बाँस सडक अवरुद्ध गरेका छन् ।

सडकमा भएका ठूला–ठूला खाल्डोको मर्मत गर्न पटक–पटक सम्बन्धित निकायलाई आग्रह गर्दा पनि चासो नलिएका कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको स्थानीय युवहरुको भनई छ ।

अहिले लगातार वर्षा हुँदा खाल्डोमा पानी जमेर एकदमै समस्या भएको स्थानीयहरुको भनाइ रहको छ । खाल्डोमा पानी जम्दा पोखरीजस्तै बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077