Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

'उखान मिश्रित सनकमा एकलौटी शासन लादेर नव हिटलर बन्न खोज्ने अनि अरुले काम गर्न दिएन भन्ने ?'

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला पछिल्लो समय सामाजिक सञ्जालहरुमा खरो टिप्पणी गर्दै आएकी छिन्।

केही समयअघि एक प्रहरीलाई धम्की दिएर चर्चामा आएकी संग्रौलाले बेला बेला फेसबुकमार्फत् राजनीतिक व्यंग समेत गर्ने गरेकी छिन्।

पछिल्ला केही दिनयता एमाले अध्यक्ष केपी शर्मा ओली र ओली प्रवृतिबारे कटाक्ष प्रकट गर्दै आएकी उनले आइतबार भने ओली पक्षधरकै केही नेताहरुर उनीहरुको व्यवहारलाई लिएर टिप्पणी गरेकी छिन्।

फेसबुकमा उनले यस्तो लेखेकी छिन् :-

'सूर्य थापाजस्ता बिबेक नभएका सल्लाहकार, ओलीको भनाइ अनुसार तुलोमा जोख्दा एक्लैले सबलाई आकासतिर हुत्याउने दम भएका ७०  करोडवाला गोकुल बास्कोटा, ठोक्ने , मार्ने र भौतिक आक्रमण गर्ने जस्ता उट्पट्याङ गफ हान्दै बेला न कुबेला सडक र सन्जाल तताउने महेश बस्नेत, चुच्चे रेलका बुच्चे हाकिम गुरु भट्टराई अनि सत्य र असत्य बीचको अन्तर थाहा नपाउने केहि साईबर स्यालहरु नै केपी ओलीलाई बार्दलीमा पुर्याउन भूमिका खेल्ने मुख्य पात्रहरु हुन् !

यसैगरी उनले थपेकी छिन्, 'यहाँ माधवले मेरो पार्टी फुटायो, प्रचण्ड मुलुककै गद्दार भयो, शेरबहादुर खलनायक बन्यो भनेर ओलीलगायत झुण्डहरुले चिच्याउनै पर्दैन ! आफू लठैत कार्यकर्ता र अबैध छोराहरु जन्माउने कारखाना खोल्दै उखान मिश्रित सनकको भरमा एकलौटी शासन लादेर नव हिटलर बन्न खोज्ने अनि काम गर्न दिएन भनेर अरुलाई दोष दिने ? यो राजनैतिक रस्साकस्सीले भत्काएको सरकारी गोदामको भग्नावशेषको थोर बहुत दोषी त म पनि हुं भन्न कहिले आएन है ओल्बा ?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077