Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अफगानी महिलाहरुको भबिष्य अनिश्चित, तालिबानहरूद्वारा बुर्का लगाउन बाध्य, विद्यालय जानबाट वञ्चित

एजेन्सी । तालिबानको पहिलो २० वर्षे शासनकाल टाउको छिनाउने, ढुङ्गा हानेर हत्या गर्ने र बुर्का लगाउन बाध्य पार्ने सहितका महिला विरूद्धका क्रूरता प्रकट भएका थिए।

लडाकुहरू सत्ताबाट बाहिर गएपछि अफगानिस्तानका महिलाहरूले महत्त्वपूर्ण प्रगति हासिल गर्ने क्रममा कतिपय मन्त्री, नगरप्रमुख, न्यायाधीश र प्रहरी अधिकृत बने।

तर, अहिले उनीहरूको भावी बाटो अनिश्चित बनेको छ।

तालिबानहरूले महिला अधिकारबारे भन्ने र व्यवहारमा देखाउने कुरा फरक रहको अफगान शिक्षिका र अधिकारवादी पास्ताना दुर्रानी बताउँछिन्।

बीबीसीसँग कुरा गर्दै उनले विगतमा महिलालाई बुर्का लगाउन बाध्य पारेको र १० वर्षभन्दा माथिको उमेरका छात्रालाई विद्यालय जानबाट वञ्चित गरेको उक्त इस्लामवादी समूहले महिला अधिकारका बारेमा थप प्रस्ट पार्नुपर्ने बताइन्।

दुरानीले जीवनको जोखिम रहेपनि आफूले बोल्नुपर्ने बताइन्।

'हेरतमा किशोरीहरूले विश्वविद्यालय जान पाएनन्। कान्दाहारका छात्राहरूलाई घर जान भनियो र उनीहरूका पुरुष आफन्तलाई उनको ठाउँमा ब्याङ्कमा काम गर्न भनियो।'

उनले थपिन्, 'तालिबानहरूले विभिन्न देशहरूबाट अफगानिस्तानको मान्यताप्राप्त सत्ताको वैधानिकता खोजी रहेका छन् तर त्यही समयमा उनीहरूले व्यवहारमा के गरिरहेका छन्? या आफ्नो तल्लो तहमा उनीहरूको नियन्त्रण छैन या उनीहरू वैधानिकता चाहन्छन् तर काम गर्न चाहँदैनन्। यो दुई फरक कुरा हो।'

महिला अधिकारको अर्थ हिँडडुल गर्न पाउने अधिकार, समाजमा घुलमिल हुन पाउने अधिकार, राजनीतिक अधिकार, प्रतिनिधित्वको अधिकार वा मतदानको अधिकार के हो त्यो प्रस्ट हुनुपर्ने उनको भनाइ छ। बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077