Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काबुलमा अमेरिकाको ‘सैन्य कारबाही’ जारी, निशानामा आईएस–के !

एजेन्सी । अमेरिकाले आइतबार अफगानिस्तानको राजधानी काबुलमा सैन्य कारबाही गरेको बताइएको छ।

उक्त सैन्य कारबाही इस्लामिक स्टेट समूहको अफगान शाखा आईएस–के (इस्लामिक स्टेट–खुरासान) का सदस्यहरुलाई लक्षित गरिएको समाचार एजेन्सी रोयटर्सले अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै एक रिपोर्टमा उल्लेख गरेको छ।

अमेरिकी अपरेशनको बारेमा थप विवरण अझै जारी गरिएको छैन। यो आक्रमण विमानस्थल नजिकैको एक घरमा भएको रकेट हमलासँग सम्बन्धित छ वा छैन भन्नेबारे प्रष्ट भएको छैन।

आइतबार काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ। शक्तिशाली विस्फोटनको घटना भएर झण्डै १७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि आइतबार फेरि अर्को विस्फोटन भएको हो।

विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरु गरिरहेका बेला त्यस कार्यलाई प्रभावित पार्ने गरी विस्फोटन भएको विश्लेषण गरिएको छ। विमानस्थल नजिकै पर्ने बाक्लो बस्ती भएको आवास क्षेत्रमा विस्फोटन भएको अधिकारीहरुले जानकारी दिएका छन्।

स्थानीय समयअनुसार आइतबार साँझ ४ः५५ मा विस्फोटनको घटना भएको र अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077