Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकाले भन्यो – ‘हाम्रा सेना मार्नेहरुलाई त्यसै छोडिँदैन, अफगानिस्तानमा आक्रमण जारी रहने छ’

एजेन्सी – अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले काबुल विमानस्थलमा आक्रमण भएपछि अब अफगानिस्तानमा हमला जारी राख्ने बताएका छन्।

उनले आइतबार सीबीएस न्यूजलाई भने, ‘राष्ट्रपति अफगानिस्तानमा नयाँ युद्ध सुरु गर्न चाहँदैनन्। तर हामी हाम्रा सैनिकहरुमाथि हमला गर्नेहरुसँग लड्नका लागि के सहयोग चाहिन्छ भनेर हाम्रा कमाण्डरहरुसँग कुरा गर्नेछौं। अमेरिका यसबाट आईएसआईएस–के (इस्लामिक स्टेट खोरासन)लाई नष्ट गर्न सकिन्छ भन्ने कुरा सुनिश्चित गर्न चाहन्छ।’

‘यसकारण हामी उनीहरुको पछि लाग्नेछौं र हामीले सप्ताहन्तमा जुन प्रकारको अभियान (हमला) चलाएको छौं त्यसलाई निरन्तरता दिनेछौं। हामी उनीहरुलाई युद्धको मैदानबाट सखाप पार्ने अर्को योजनाको बारेमा पनि सोच्नेछौं,’ उनले थपे।

सुलिभानले कुनै पनि प्रकारको आक्रमणको सम्भावित खतरा टार्नका लागि आफूहरु निकै नजिक पुगेको पनि बताएका छन्। ‘अफगानिस्तानमा रहेका आतंकवादी संगठनहरुमा त्यहाँबाट बाहिर कुनै गतिविधि सञ्चालन गर्न सक्ने क्षमता छैन भन्ने हाम्रो खुफिया विभागको अनुमान छ। तर उनीहरुले यो क्षमताको विकास गर्न सक्नेमा हामी सजक छौं,’ उनले भने।

यसअघि अमेरिकी अधिकारीहरुले आइतबार काबुल विमानस्थलमा आत्मघाती बम विस्फोट गर्न जाँदै गरेका आतंकवादीलाई ड्रोन आक्रमण गरेको बताएका थिए। एक सैन्य अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई भने, ‘हामीले टार्गेट गरेको व्यक्तिलाई मार्न सफल भएको विश्वास गरेका छौं। प्रारम्भिक रिपोर्टका अनुसार आक्रमणमा कुनै पनि नागरिक हताहत भएका छैनन्।’

‘कारमा भएको अर्को विस्फोटबाट त्यहाँ धेरै मात्रामा विस्फोटक पदार्थ थियो भन्ने कुरा प्रमाणित हुन्छ,’ सैन्य अधिकारीले भने। समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार तालिबानले पनि एक आत्मघाती हमलाकारी अमेरिकी हवाई हमलाको शिकार भएको जानकारी दिएको छ।

यो खबर विमानस्थल नजिकै भएको रकेट हमलापछि बाहिर आएको हो। यद्यपि यी दुई घटनाहरु एक अर्कासँग सम्बन्धित छन् वा छैनन् भन्ने अझै पुष्टि भएको छैन। बिहीबार काबुल विमानस्थलमा आक्रमण भएको थियो जसमा १७० जना मारिएका थिए। जसमध्ये १३ जना अमेरिकी सैनिक अधिकारी थिए। यस हमलाको जिम्मेवारी आइएसआईएस कश्मीरले लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077