Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

मेसीको डेब्यू खेलमा पिएसजी विजयी, शीर्षस्थानमा बढायो अग्रता

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन(पिएसजी)ले लगातार ४ खेलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा पिएसजीले रेइम्सलाई २–० गोलले पराजित गरेको हो।

पिएसजीको जितमा दुबै गोल किलियन एमबाप्पेले गरेका थिए। रेइम्सविरुद्ध खेलमा हालै टोलीमा अनुबन्ध भएका लियोनल मेसीले डेब्यू गरेका छन्। शुरुवातमा बेन्चमा राखिएका मेसीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै टोलीका लागि पहिलो खेल खेलेका हुन्।

मेसी राइम्सको मैदानमा उपस्थित दर्शकसामु ६६ औं मिनेटमा नेयामारको स्थानमा प्रवेश छिरेका थिए। व्यवसायिक फुटबलमा मेसीले बार्सिलोनाका लागिबाहेक खेलेको यो पहिलो खेल हो। मेसीबिनै खेल शुरु गरेको पिएुजीले १६ औं मिनेटमा अग्रता बनाएको थियो।

एमबाप्पेले डी मारियाको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। पहिलो हाफमा १–० ले अघि बढेको पिएसजीका लागि एमबाप्पेले दोस्रो हाफको ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै २–० ले अघि बढाए। उनले अक्रफ हकिमीको क्रसमा गोल गरेका थिए।

त्यसपछि खेलमा अन्य गोल भएन र पिएसजीले जित हासिल गरेको हो। जितसँगै पिएसजीले समग्रमा ४ खेलमा १२ अंक जोडेको छ। हाल शीर्षस्थानमा रहेको पिएसजीले २ अंकको अग्रता बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077