Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध, उपत्यका भित्रिने-बाहिरिने यात्रुलाई सास्ती

    नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध, उपत्यका भित्रिने-बाहिरिने यात्रुलाई सास्ती

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ ।

    त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए ।



    अहिले राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको छ । पहिरो पन्छाउनका लागि प्रहरीको टोली घटनास्थलसम्म पुगिसकेको उनले बताए ।



    सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार