Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भत्किएको सडक निर्माणमा कसैको छैन चासो

    भत्किएको सडक निर्माणमा कसैको छैन चासो

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.4K
    SHARES

    रामनारायण यादव/ सप्तरी । नेपाल–भारत जोड्ने सडक भत्किँदा सप्तरी र सीमा जोडिएका भारतका बासिन्दालाई आवतजावतमा समस्या उत्पन्न भएको छ ।

    तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज कुनौली सडक खण्ड बर्षाको बाढीले भत्काउँदा आवतजावतमा समस्या भएको हो ।



    गाउँपालिकाको बेल्ही भन्सार नजिक सडक भत्किएको छ । केहि दिनअघि जिता र खाँडो नदिमा आएको बाढीले सडक भत्किँदा आवतजावतमा समस्या भइरहेको स्थानीहरुको भनाई छ ।



    सडकको बिच भागमै भत्किँदा जिल्लाको तिलाठी कोइलाडी, हनुमाननगर कंकालिनी नगरपालिकाको विभिन्न वडाका साथै अन्य स्थानका व्यक्तिहरुलाई समेत भारतको कुनौली बजार आवत जावतमा समस्या उत्पन्न भएको छ ।

    भत्किएको सडक निर्माणका लागि अहिलेसम्म कुनै पनि निकायले ध्यान दिएको छैन् । सडक भत्किएपछि यो सडक भएर संचालन हुने सवारीसाधनहरु समेत ठप्प भएको छ ।

    भत्किएको बाटोमा सशस्त्र प्रहरीले विद्युतिय पोल राखेपछि केहि हदसम्म समस्याको समाधान भएका छन् । तरपनि यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन्।

    सडक सञ्चालनमा नआउँदा सो सडकमा सञ्चालित करिब एक दर्जन सिटी सवारीका चालकहरुको रोजी रोटीमा समस्या भएको उनीहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार