Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • निर्वाचनका लागि तीन दिन नेपाल-भारत सीमा बन्द हुने

    निर्वाचनका लागि तीन दिन नेपाल-भारत सीमा बन्द हुने

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 1.3K
    SHARES

    रुपन्देही । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ३ दिन नेपाल–भारत सीमा बन्द गरिने भएको छ।

    रुपन्देहीको छपियामा शनिबार बसेको नेपाल-भारत सीमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ देखि ४ गते राति १२ बजेसम्म सिमानाका बन्द गर्ने निर्णय गरेको हो ।



    आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सिमावर्ती सुरक्षा समस्याहरुलाई सम्बोधन गर्न बैठक बसेको जिल्ल प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।



    बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डिष्ट्रिक मजिष्ट्रेड (जिल्लाधिकारी) सहित सुरक्षा प्रमुखहरु सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार