Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रतिनिधि र प्रदेशसभा निर्वाचन : अब यी चार वटा क्षेत्रको नतिजा आउन बाँकी

    प्रतिनिधि र प्रदेशसभा निर्वाचन : अब यी चार वटा क्षेत्रको नतिजा आउन बाँकी

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 840
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ । सुनसरी–४ मा मतगणना जारी छ भने बाजुरा, स्याङ्जा–२ र दोलखामा मतगणना सुरु हुन सकेको छैन ।

    मतगणना जारी रहेको सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। दुई दिन रोकिएर पुनः सुरू भएको मत गणनामा कार्कीले एमाले उम्मेदवार जगदीश कुसियैतलाई ३२८ मतले पछि पारेका छन् ।



    अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा विजयी हुँदा नेकपा एमाले ४४ सिटका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, नेकपा माओवादी केन्द्र १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ७र७ सिटमा विजयी भएका छन् ।



    त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एकरएक स्थानमा जित हासिल गरेका छन् । यस्तै ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार