Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • उपनिर्वाचनको मुखमा नेपाल–भारत सीमामा चल्यो गोली, लागूऔषध कारोवारी घाइते

    उपनिर्वाचनको मुखमा नेपाल–भारत सीमामा चल्यो गोली, लागूऔषध कारोवारी घाइते

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 546
    SHARES

    फाइल तस्विर

    विराटनगर । उपनिर्वाचनको मुखमा नेपाल–भारत सीमा क्षेत्रमा गोली चलेको छ ।

    भारतीय लागूऔषध कारोबारीबीच नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिकै भारतको जोगबनी–४ टिकुलिया बस्तीमा गोली हानाहान भएको हो ।



    प्रहरीका अनुसार सोमबार बिहान ४ बजे भारतीय लागूऔषध कारोबारीबीच गोली हानहान भएको थियो । गोली हानाहानमा टिकुलिया वस्तीका ३७ वर्षीय अंकित सिंह घाइते भएका छन् । उनको मुखमा गोली लागेको छ ।



    भारतीय नागरिक सिंहको विराट नर्सिङ्ग होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने र घाइते दुवै लागूऔषध कारोवार गर्ने गिरोहका सदस्य रहेको प्रहरी स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार