Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपाल–भारत सीमामा सशस्त्रका घुमुवालाई तस्करले कुटे

    नेपाल–भारत सीमामा सशस्त्रका घुमुवालाई तस्करले कुटे

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 4K
    SHARES

    जनकपुरधाम । सशस्त्र प्रहरी प्रदेश नम्बर-२ छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरीबाट खटिएका घुमुवाको टोलीले नेपाल–भारत सीमाक्षेत्रमा कुटिएका छन् ।

    गत बुधबार राती छिन्नमस्ता बाहिनीबाट खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) रामकेवल यादव, हवल्ल्दार बशिष्ठ पटेल र सहायक हवल्दार सुदर्शन बैठा नेपाल–भारत सीमा क्षेत्रस्थित दसगजामा तस्करहरुको समूहबाट कुटिएका हुन् ।



    स्रोतका अनुसार बाहिनीपति डीआईजी गणेश ठाडामगरको निर्देशनमा खटिएका उनीहरुले एउटा तस्कर समूहलाई सामान ओसारपसार गर्न छुट दिने र अर्कोलाई नदिने गरेपछि कुटाई खाएका हुन्।



    तर, यस बिषयमा डीआईजी ठाडामगरले भने आफूले कुनै पनि घुमुवा परिचालन नगरेको र कसैले पनि कुटाई नखाएको दाबी गरेका छन्।

    छिन्नमस्ता बाहिनीमा काजसरुवा भएका डीआइजी ठाडामगरले यसअघिका बाहिनीपति चन्द्रप्रकाश गौतमले तानेका बदनाम घुमुवाहरुलाई तत्तत् स्थानमा खटाइसकेका छन् ।

    गौतमले लामो समय सीमा क्षेत्रमा बसी घुस असुुलीमा बदनाम घुमुवाहरुलाई तानेर बाहिनीमा रिफ्रेस तालिम गराई गणहरुमा पोशाक लगाई ड्युटीमा तैनाथ गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार