Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गौरा पर्वको शुभकामनामा भीम रावलको ट्वीट- तुइन काटी नबगुन् कोही नहेपियोस् देश...

धनगढी । सुदूरपश्चिमका गाउँबस्तीमा गुञ्जिने डेउडा गीतको दोहोरीसँगै देखिने रोमाञ्चक माहोलको पर्व हो-गौरा पर्व।

तर, कोरोना भाइरस महामारीका कारण गत बर्ष जस्तै यस वर्ष पनि यो पर्व प्रभावित भएको छ । उक्त पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुले शुभकामना संदेश जारी गरेका छन् ।

गौरा पर्वको शुभकामना जारी गर्दै सुदुरपश्चिमका नेता एवं एमाले उपाध्यक्ष भीम रावलले महाकाली तुइन घटनाको स्मरण गर्दै तुइन काटी कोही बग्न नपरोस् भन्दै कामनासमेत गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्:-

'गौरा पर्वको उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, प्रगति, समृध्दि र सुखको हार्दिक शुभकामना !

तुइन काटी नबगुन कोही नहेपियोस् देश
बढ्दै रैजाउ सबैतिर देशभक्तिको जोश,
मन एक होइजान सबैतिर समाजका लागि
गैरा पर्व रामडो होइजाउ गाउँघर सबै जागी !

https://twitter.com/BhimRawal179/status/1432187206148386817

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077