Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • उत्तर कोरियाद्वारा ३ वर्षदेखि बन्द रहेको आणविक भट्टीको सुचारु

    उत्तर कोरियाद्वारा ३ वर्षदेखि बन्द रहेको आणविक भट्टीको सुचारु

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटवार्तापछि सन् २०१८ मा बन्द भएको आणविक केन्द्रलाई उत्तर कोरियाले पुन: सुचारु गरेको छ ।

    राष्ट्रसंघको आणविक निकायका अनुसार प्योङयाङले योङबायोन आणविक केन्द्र पुन सुचारु गरेको जनाएको हो । केन्द्रबाट आणविक विस्फोटमा प्रयोग हुने प्लुटोनियम उत्पन्न भइरहेको अन्तर्राष्ट्रिय आणविक उर्जा निकाय (आइएइए) जनाएको छ।



    उत्तर कोरियाको महत्वपूर्ण आणविक भट्टी मानिने सो केन्द्र पाँच मेगावाट रेक्टरको हो । आइएइएका अनुसार योङवायोन आणविक भट्टीबाट जुलाईदेखि चिसोपानी बगिरहेकाले उत्तरले आफ्ना आणविक गतिविधि सुचारु गरेको पुष्टि भएको छ ।



    आइएइएका अनुसार सो केन्द्र परिसरमा रेडियो केमिकल प्रयोगशाला समेत रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार