Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • तालिबानप्रति किन नरम बन्दैछ चीन ? के फाइदा लिन चाहन्छ ?

    तालिबानप्रति किन नरम बन्दैछ चीन ? के फाइदा लिन चाहन्छ ?

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 2.5K
    SHARES

    एजेन्सी । चीनले सबै देशहरु विशेषगरी अमेरिकाले तालिबानसँग सम्पर्क गर्नुपर्ने र अझै सक्रिय भएर तालिबानलाई बाटो देखाउनुपर्ने बताएको छ।

    चिनियाँ विदेशमन्त्री वाङ्ग यीले यसबारेमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग फोनमा कुराकानी गरेका छन्। चीनले अफगानिस्तानको स्थिति पूरै परिवर्तन भएको र यस्तो स्थितिमा सबै पक्षले तालिबानसँग सम्पर्क गरी सक्रिय रुपमा उसलाई बाटो देखाउनुपर्ने बताएको हो।



    चीनले एक पटक फेरी अमेरिकी सेनाको फिर्ताले अफगानिस्तानमा आतंकवादी संगठनहरुको दोस्रोपटक उदय भएको जानकारी दिएको छ। कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अफगानिस्तानमा अमेरिकी विजयको दाबीमाथि प्रश्न पनि उठाएका छन्।



    तालिबानप्रति चीनको नरम रवैया

    चीन, रसिया र पाकिस्तान ती देशहरु अुन् जसले तालिबानले कब्जा गरेपछि पनि काबुलमा आफ्नो दूतावास खुला राखेका थिए। अफगानिस्तानका लागि चिनियाँ राजदूत वांग यूले पनि तालिबान अधिकारीहरुसँग पहिलो कूटनीतिक वार्ता गरेका छन्।

    तालिबानले अफगानिस्तान कब्जा गरेको केही दिनपछि चीनले सार्वजनिक रुपमा तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहेको बताएको थियो।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनियांगले अगस्ट १६ मा एक आधिकारिक वक्तव्यमा चीन तालिबानसँग मैत्रीपूर्ण र आपसी सहयोगको सम्बन्ध विकास गर्नका लागी तयार रहेको बताएकाक थिए। चीन अफगानिस्तानमा शान्ति र पुनर्निर्माणका लागी रचनात्मक भूमिका निभाउन चाहने उनले उल्लेख गरेका थिए।

    यति मात्र हैन, चिनियाँ अधिकारीहरुले अफगानिस्तान कब्जा गर्नुभन्दा पहिले तालिबानका वरिष्ठ नेता मुल्ला अब्दुल गनी बरादारको नेतृत्वको तालिबान प्रतिनिधिमण्डलसँग वार्ता गरिसकेका थिए।

    यस वार्तालापमा चिनियाँ विदेशमन्त्री बाङ्ग यीले तालिबान प्रतिनिधिमण्डललाई चीन विरोधी आतंकवादी संगठन पूर्वी तुर्किस्तान इस्लामिक मुभमेन्ट(ईटीआईएम) सँगको सम्बन्ध तोड्नुपर्ने बताएका थिए।

    ईटीआईएम चीनको वेइगर मुस्लिमहरुको एक संगठन हो, जसले हिनजियाङमा एक स्वतन्त्र देशको गठनका लागी आह्वान गरिरहेको छ। चीनले लामो समयदेखि तालिबानप्रति नरम रवैया अपनाइरहेको छ र अब उसले अन्य देशहरुलाई पनि तालिबानलाई समर्थन गर्न आग्रह गरेको छ।

    चीन किन तालिबानको नजिक हुन चाहन्छ ?

    विदेश नीति विशेषज्ञहरु विश्वास गर्छन् कि तालिबानका लागी चीनको दृष्टिकोण नरम हुनुको कारण वेइगर मुलमानको विषयमा चिन्तित छ। मिडिया रिपोर्टका अनुसार चीनको शिनजियाङ प्रान्तमा करिब १० लाख वीगर मुसलमानहरु छन् र शिनजियाङको सिमाना अफगानिस्तानसँग जोडिएको छ।

    यस्तो स्थितिमा चीनलाई वीगर मुस्लिम र ईटीआएमका सदस्यहरु आफूविरुद्धको गतिविधि गर्न अफगानिस्तानको भूमिको उपयोग गर्न सक्ने डर छ। यस्तो नहोस् भन्नका लागि चीनले पहिले नै तालिबानलाई समर्थन गर्ने तर त्यसका लागि अफगानिस्तानको कुनै भागलाई आफूविरूद्ध प्रयोग गर्न नदिने शर्त अघि सारेको थियो।

    अफगानिस्तानमा चीनको आर्थिक हित

    चीनको धेरै महत्वाकांक्षाहरु छन। जस्तै यसको सडक र बेल्ट परियोजना छ। यसका लागि मध्य एशियामा विशाल पूर्वाधार र सञ्चारको आवश्यकता पर्छ।

    यदि चीनले अफगानिस्तानमा पर्याप्त सहयोग पाएन भने यो क्षेत्रमा आफ्नो प्रभाव बढाउने उसको योजनाहरु प्रभावित हुन सक्छ। त्यस्तै चीन–पाकिस्तान आर्थिक कोरिडोर पनि एशियामा चीनको एक प्रमुख पूर्वाधार परियोजना हो।

    तर पाकिस्तानमा चिनियाँ अधिकारीहरुमाथि हमलाई भइरहन्छ। यस्तो स्थितिमा चीन तालिबानसँग हात मिलाएर यस क्षेत्रमा आफ्नो सुरक्षा सुनिश्चित गर्न चाहन्छ। चीनले अफगानिस्तानमा एनक तामा खानी र अमू दर्या एनर्जी जस्ता लगानी गरेको छ।

    साथै अफगानिस्तानमा सुन, तामा, फलामजस्ता बहुमूल्य धातुहरुको भण्डार छ। त्यसैले आफ्नो लागी प्रतिकूल वातावरण बनाएर चीन भविष्यमा लगानीको सम्भावनाहरुलाई कम गर्न चाहँदैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार