Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एकीकृत समाजवादीले मापदण्ड बनाएरै मन्त्रीहरु छनोट गर्ने

काठमाडौं । नवगठित पार्टी नेकपा एकीकृत समाजवादीले मादण्ड बाएर सरकारमा सहभागी मन्त्रीहरुको छनोट गर्ने भएको छ। मन्त्रीका आकांक्षीहरु धेरै भएका कारण निश्चित मापदण्डका आधारमा छनोट गर्न लागिएको बताइएको छ।

समाजवादीले पार्टीले सरकारमा सामेल हुनका लागि निश्चित मापदण्ड तयार पार्ने र सो मापदण्डमा टेकेर मन्त्रीका लागि प्रस्ताव गर्ने एक नेताले जानकारी दिए। यसअघि पार्टी सदस्यताका लागि पनि सो पार्टीले मापदण्ड निर्धारण गर्दै सरकारी कर्मचारी, शिक्षक तथा प्राध्यापक, भ्रष्टाचारीलाई पार्टीको सदस्यता नदिने नीति सार्वजनिक गरेको थियो।

मापदण्डमा भुगोलसहितको समावेशीता र इतिहास र वर्तमान सबै कुरालाई समेटिने ती नेताले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी गरिरहेका छन्। मन्त्री बन्न चाहनेहरुको लामो लर्को भएपछि सत्तागठबन्धनका दलहरुले मन्त्रीको नाम दिन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077