Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अफगानिस्तानमा अमेरिकी उपस्थितिको अन्त्य, १९ वर्ष १० महिना २५ दिनपछि फर्कियो अमेरिकी सेना

एजेन्सी । अफगानिस्तानमा अमेरिकाको १९ वर्षभन्दा लामो उपस्थितिको अन्त्य भएको छ। अमेरिकी सेनाको अन्तिम ३ विमानले सोमबार राति अबेरसम्म उडान गरेको थियो।

रिपोर्टकाअनुसार अमेरिकी सेनाको अन्तिम तीन सी–१७ विमानले अगस्ट ३० को आधा रातसम्म काबुलस्थित हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेको थियो। थ्यसका सागै अफगानिस्तानमा अमेरिकी सैन्य अभियानको अन्त्य भएको छ।

समाचार एजेन्सीहरु न्यूजवीकका सम्पादक नावीद जमालीले ट्विटरमा युद्धको अन्त्य भएको बताएका छन्। अन्तिम विमानले उठान भरेको जानकारी दिँदै उनले यस्तो जानकारी दिएका हुन्। सिएनएनका रिपोर्टरले अमेरिकाको अन्तिम ३ सी–१७ विमानले काबुल विमानस्थलबाट उडान भरेको र यससँगै अफगानिस्तानमा अमेरिकी उपस्थिति अन्त्य भएको हुन सक्ने बताएका छन्।

आरटीका मुराद गजदिएवले ट्विटरमा युद्धको अन्त्य भएको बताए। अमेरिकाका बाँकी सैनिक हाल काबुल विमानस्थलबाट निस्किइरहेको पनि उनले जानकारी दिए।मुरादले यस लडाइँको १९ वर्ष १० महिना २५ दिनसम्म चलेको पनि उल्लेख गरेका छन्।

अफगानी पत्रकार मासुम गजनवीले काबुल विमानस्थलबाट निस्किने तयारी गरिरहेका अमेरिकी सेनाको फोटो पोस्ट गर्दै यसलाई आफ्नो देशमा अमेरिकी सेनाको अन्तिम तस्वीर भएको उल्लेख गरेका छन्।

काबुलबाट अमेरिकी सेना निस्किएपछि तालिबानले हावामा गोली प्रहार गर्दै जीतको खुशी मनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ३१ अगस्ट–सेप्टेम्बर १ सम्म आफ्ना सेना अफगानिस्तानबाट फिर्ता भइसक्ने घोषणा गरेका थिए।

पेन्टागनले अमेरिकी सेनाले अफगानिस्तान छाडेको पुष्टि गरेको छ। अमेरिकी सेना त्यहाँबाट निस्किन चाहने नागरिकहरुलाई उद्धार गर्नका लागि केही समय रोकिन सक्ने आहा गरिएको थियो। तर तालिबानका प्रवकता सुहैल शाहीनले पनि अमेरिकी सेनाले अफगानिस्तान छाडेको पुष्टि गर्दै ट्विटरमा अफगानिस्तान स्वतन्त्र भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077