Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न सकेन, आजै फेरि बैठक बस्ने

काठमाडौँ । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरु भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र दलहरूले पाउने मन्त्रालयबारे टुङ्गो लगाउनेबारे छलफल भए पनि निर्णय नभएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच आजै फेरि छलफल हुने सम्भावना छ । आज बेलुकासम्ममा टुङ्गो लगाएर भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने देउवाको तयारी छ । गठबन्धनमा रहेका दलहरुबीच दिनहुँजसो छलफल भइरहे पनि मन्त्रालय भागबण्डामा कुरा मिलेको छैन ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका छन् ।

हाल सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल मात्र छन् । कांग्रेसको तर्फबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।

देउवा नेतृत्वको सरकार गठन भएको करिब डेढ महिना हुनै लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्दा सर्वत्र आलोचना भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077