Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘मेडइन युएसए–७७७७०’ नम्बरको पेस्तोलसहित दुईजना पक्राउ

बारा – बारा प्रहरीले अमेरिकन पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ। जिल्लाको सिम्रौनगढ नगरपालिका–६ मा रहेको विद्यायक होटलबाट पेस्तोलसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा सिम्रौनगढ–४ घर भएका ३५ वर्षीय राजेश प्रसाद यादब र २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा रहेका छन्। आरोपीहरुको साथबाट एउटा अमेरिकन पेस्तोल र दुईथान म्याग्जिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

उनीहरुको साथमा ‘मेडइन युएसए–७७७७०’ नम्बर लेखिएको पेस्तोल पाइएको हो। अरोपीहरुले सो पेस्तोल किन र कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077