Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ‘समृद्ध उज्यालो नेपाल’ शब्द मात्र सीमित, घरमा बालेको टुकी बत्तीबाट आगो सल्किँयो, लाखौंको क्षति

    ‘समृद्ध उज्यालो नेपाल’ शब्द मात्र सीमित, घरमा बालेको टुकी बत्तीबाट आगो सल्किँयो, लाखौंको क्षति

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    कन्चनपुर । ‘समृद्द नेपाल, उज्यालो नेपाल’को नारा मात्र शहरबजारमा सीमित भएको पाइएको छ । अझैपनि देशका थुप्रै (हिमाली-पहाडी) जिल्लाका कयौं घर परिवार बिजुली बत्तीबाट बन्चित भएका छन्। जसले गर्दा मट्टीतेलको सहारामा टुकी बत्तीमा जीबनयापन गरिरहेका छन्। त्यसो त पहाडी जिल्लाहरुमा मात्र नभई तराईकै जिल्लाहरुमा पनि टुकीको प्रचलन हराइसकेको भने छैन। टुकी बत्तीकै कारण अन्जानमा थुप्रै आगलागीका घटनाहरु हुँदै आएका छन्, यस्तै बत्तीका कारण तराईको जिल्ला कंचनपुरमा गएराती आगलागी हुँदा ठूलो क्षति भएको छ।

    घटना यस्तो छ :
    जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गएराति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झण्डै आठ लाख बढीको क्षति भएको जनाइएको छ ।



    अन्नपात, फर्निचर, ओढ्नेओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले जानकारी दिए । ‘टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौँ’, उनले भने, ‘घर पूरै जलेर क्षति भएको छ ।’



    नगरपालिकाको दमकल आगो निभेपछि मात्रै आइपुगेको स्थानीयवासीले गुनासो गरे । घर पूरै जलेपछि पीडित परिवारसँग शरीरमा लगाएको एकसरो लुगा मात्रै बचेको छ भने उनीहरू अहिले आफन्तको शरणमा बसेका छन् । आगलागी पीडित रामप्रसादले सबैसँग सहयोग गर्न आग्रह समेत गरेको छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार