Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद्को आकष्मिक बैठक बस्दै, प्रदेश प्रमुखहरु फेरबदलको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाएका छन् ।

सामान्यता: मन्त्रिपरिषद्को नियमित बैठक सातामा दुई दिन (सोमबार र बिहीबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रचलन रहेको छ।

देउवाको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज दिउँसो ४ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएका हुन्।

स्रोतका अनुसार आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने सक्ने बताइएको छ। जसमा प्रदेश–१ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077