Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तालिबानको उड्यो होश : पञ्जशीर कब्जा गर्न हिँडेका ३५० लडाकू मारिए, ४० जना कैदमा

एजेन्सी। अफगानिस्तानका अधिकांश प्रान्तहरु कब्जा गरेको तालिबानका लागि पञ्जशीर टाउको दुखाइको विषय बनिरहेको छ। पञ्जशीरमा अहिले नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)ले सरकार चलाइरहेको छ । यो फ्रन्ट तालिवानबिरोधी र इस्लामिक गणतन्त्र अफगानिस्तानको कट्टर समर्थक मानिन्छ । करिब एक लाख ७३ हजार जनसंख्या भएको पन्जशीर प्रान्तका मुख्य नेता अहमद मसुद हुन् । यसो त तालिबानले पञ्जशीर उपत्यकका घेरिसकेको दाबी गरेको थियो । तर, त्यहाँ जित हासिल गर्नु उसका लागि निकै कठिन छ । अहमद मसुदको नेतृत्वमा ९ हजार विद्रोही मोर्चाबन्दी गरी लडाइँका लागि तयार रहेका छन् । पञ्जशीरको डाँडाहरुमा मसुदका जवानहरुले ठूला–ठूला मेसिन गनहरु तैनाथ गरेको समाचार हरुमा जनाइएको छ। यसैबीच गएराती ठूलो संख्यामा तालिबानी लडाकुहरु पञ्जशीर आक्रमण गर्न आएको र तीमध्ये ३५० जना मारिएको नर्दर्न एलायन्सले दावी गरेको छ । गएराती खावकमा आक्रमण गर्न आएका ती तालिबानीहरुविरुद्ध जवाफी कारवाहीपछि ४० जना आफ्नो कैदमा रहेको पनि नर्दर्न एलायन्सले दाबी गरेको छ। [insert page='82248' display='yopanipadhnuhos.php'] यसैगरी, स्थानीय पत्रकार नातिक मालिकजादाका अनुसार अफगानिस्तानको पंजशीर घाटीको प्रवेश नाका गुलबहार क्षेत्रमा मंगलबार राती तालिबान लडाकु र नर्दर्न एलायन्सका लडाकुहरुबीच मुठभेड भएको हो । त्यहाँ तालिबानले एउटा पुल समेत विष्फोट गरी उडाइदिएको बताइएको छ । नर्दर्न एलायन्सले तालिबानका कैयौं लडाकुलाई पक्राउ गरी आफ्नो कैदमा राखेको छ । यसअघि सोमबार राती पनि नर्दर्न एलायन्स र तालिबानी लडाकुबीच गोली हानाहान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077