Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली भूमिमा चीनको मनोमानी : अध्ययनका लागि छानबिन समिति गठन गरिने

काठमाडौं । नेपाल र छिमेकी मुलुक चीनको सीमा विवाद पनि बेलाबेला सहतमा आउने गरेको छ। सीमा विवादका विषयमा संसदमै पनि पटकपटक प्रश्न उठ्ने गरेको छ।

केही समयअघि नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पनि नेताहरुले चीनले सीमा मिचेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागेका थिए। बेलाबेला सीमा विवाद लिएर सांसद तथा नेताहरुले सरकारमाथि दबाब बढाइरहेका छन्।

यसैबीच सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न छानबिन समिति गठन गर्ने भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हुम्ला जिल्लाका विभिन्न ठाउँमा देखिएका सीमा विवादबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवादको अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाउनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्ने तयारी सरकारले गरेको छ।

उक्त छानबिन समितिमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारी र सीमाविद्हरुलाई समावेश गरिने बताइएको छ। छानबिन समितिले प्रतिवेदन बुझाएपछि सीमा विवादका विषयमा कुटनीतिक छलफल अघि बढाउने तरखरमा सरकार जुटेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077