Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • खैरो हेरोइन ‘डिल’ गर्दागर्दै पक्राउ परे तीन युवक

    खैरो हेरोइन ‘डिल’ गर्दागर्दै पक्राउ परे तीन युवक

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 2.7K
    SHARES

    हेटौंडा – मकवानपुर प्रहरीले आगुऔषध ‘खैरो हेराइन’ डिल गरिरहेको अवस्थामा पक्राउ तीनजनालाई पक्राउ गरेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ बाट ३ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

    पक्राउ पर्नेमा उपमहानगरपालिका–५ स्थित ३२ वर्षीय एन्जल मास्केको घरबाट सरोज डंगोल, सुशिलकुमार लामा र घरधनी मास्केलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।



    उनीहरुको साथबाट प्रहरीले २५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। प्रहरीका अनुसार एन्जलको घरमा सुशीलकुमार लामा र सरोज डंगोल लागुऔषध किन्न गएका थिएर। हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार