Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लुम्बिनी प्रदेशसभामा एमाले बाधक : बैठक भदौं ३० सम्म स्थगित

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक पुन: स्थगित गरिएको छ।

प्रदेशमा मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेकपा (एमाले)को अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको बैठक आज पुन स्थगित भएको हो।

नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो।

यसअघिका बैठकहरुमा एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदद्वय विमलाकुमारी खत्री वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै बैठक अवरुद्ध गर्दा बैठक स्थगित हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077