Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एआईजीहरुको सरुवा : पाल मेट्रोमै, थापा कार्यविभागमा

    एआईजीहरुको सरुवा : पाल मेट्रोमै, थापा कार्यविभागमा

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 4K
    SHARES

    काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरुको सरुवा गरेको हो ।

    सरुवा निर्णयअनुसार एआईजी हरी पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रों मै यथावत राखिएको छ । एआईजी विश्वराज पोखरेलकाे मानव स्रोत एवं प्रशासन विभागमा सरुवा भएको छ भने एआईजी प्रधुम्न कार्कीको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।



    त्यसैगरी एआईजी निरज शाही प्रहरी एकेडीमीमा सरुवा भएका छन् भने केही समय अघि मात्र एआईजीमा बढुवा भएका सहकुल थापालाई कार्य विभागमा पदस्थापन गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार