Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल प्रहरीका चार एआईजीको सरुवा, सहकुल थापा मानव श्रोत विभागमा पदस्थापना

    नेपाल प्रहरीका चार एआईजीको सरुवा, सहकुल थापा मानव श्रोत विभागमा पदस्थापना

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असार २०७८
  • 3.6K
    SHARES

    काठमाडौँ । सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरिक्षक (एआईजी)को सरुवा गरेको छ ।

    विहीबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले चार एआईजीको सरुवा गर्दै हालै मात्र एआईजीमा बढुवा भएका सहकुल थापाको भने पदस्थापन गरेको छ ।



    सरकारले महानगरीय प्रहरी कायालय, रानीपोखरीमा कार्यरत हरिबहादुर पाललाई प्रहरीको कार्य विभागका सरुवा गरेको छ भने, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रद्युम्न कार्कीलाई सरुवा गरेको छ ।



    यस्तै, भर्खरै बढुवा भएका एआईजी सहकुल थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ भने निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार